बिफिनको दोस्रो बार्षिकोत्सव सम्पन्न, जर्नल अफ बैंकिङ फाईनान्स एन्ड ईन्सुरेन्स नामक पुस्तक विमोचन

बिफिनको दोस्रो बार्षिकोत्सव सम्पन्न, जर्नल अफ बैंकिङ फाईनान्स एन्ड ईन्सुरेन्स नामक पुस्तक विमोचन 2019-08-14

Source: https://www.bizkhabar.com/economy-news-in-nepal/84738.html

बिफिनको दोस्रो बार्षिकोत्सव सम्पन्न, जर्नल अफ बैंकिङ फाईनान्स एन्ड ईन्सुरेन्स नामक पुस्तक विमोचन

काठमाडौं । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लिमिटेड (बिफिन) ले यहि आफ्नो स्थापनाको दोस्रो बार्षिकोत्सव मनाएको छ । शुक्रबार भिडियो कन्फ्रेन्स एप जुममार्फत आफ्ना बार्षिकोत्सव मनाएको हो । उक्त अवसरमा बिफिनले जर्नल अफ बैंकिङ फाईनान्स एन्ड ईन्सुरेन्स नामक पुस्तक समेत विमोचन गरेको छ । साथै उक्त अवसरमा बैंकले अनलाईन सेमिनारको समेत आयोजना गरेको थियो । जसमा प्रमुख अतिथिको रुपमा नेपाल राष्ट्र बैंंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटी थिए भने बिशेष अतिथिको रुपमा बंगलादेश बैंकका पूर्व गर्भनर डा. अतिउर रहमान रहेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले पुस्तकको विमोचन गरेका थिए । कार्यक्रममा बोल्दै उनले बैंक तथा वित्तीय संस्थाका जनशक्तिलाई सिपमुलक कार्यक्रम संचालन गर्नमा बिफिन सफल हुनेमा विश्वस्त व्यक्त गर्दै छोटो अबधिमा उल्लेखनिय प्रगती गरेकोमा सराह्रना व्यक्त गरे ।

 

उक्त समारोहको बिशेष अतिथि बंगलादेश बैंकका पूर्व गर्भनर डा. अतिउर रहमानले बिफिनले छोटो अबधिमा उत्कृष्ट कार्य गरेकोमा सराह्रना गरे । उनले सबै राष्ट्रहरुले अबमा दिनमा जनशक्ति विकास गर्नुपर्ने, जनशक्ति विकासका लागि लगानी गर्नुपने, भैरहेको जनशक्तिलाई प्रबिधिमैत्री बनाउनुपर्ने, ग्रीन फाइनान्सिङ्ग लाई प्रबद्र्धन गर्नुपर्ने, वातावरण लाई प्रदुषित गर्ने खालका परियोजनाहरुमा लगानी नियन्त्रण गर्नुपर्ने र प्रबिधिको विकासको माध्यमबाट सरकारी संयन्त्रहरु संचालन गर्नुपर्नेमा समेत जोड दिए ।

यस्तै कार्यक्रममा नेपाल धितोपत्र बोर्ड का अध्यक्ष भिष्म राज ढुङ्गानाले धितोपत्र बजारका लागि वित्तीय साक्षरता अत्यन्तै आवश्यक भएको हुदाँ बिफिनले समन्वयात्मक रुपमा धितोपत्र बजारको सुदृढीकरण गर्नमा अहम भुमिका निर्वाह गर्ने धारणा राखे । साथै कार्यक्रममा अतिथिको रुपमा उपस्थित भएका बीमा समिति का अध्यक्ष चिरन्जीवी चापाँगाले बिमा क्षेत्रको जनशक्ति विकासको लागि स्थापना भएको इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल संग सहकार्य गरि बिमा क्षेत्रको विकासमा समेत योगदान पुर्याउने बताए ।

यसैगरि कार्यक्रममा बक्ताको रुपमा रहेका नेपाल बैंकर्स एशोसियसनका अध्यक्ष भुवन कुमार दाहालले बैंकिङ क्षेत्र सबल रहेको, तरलताको समस्या नरहेको, बिप्रेषणको प्रभाव सन्तोषजनक अवस्थामा नै रहेको र नेपाल राष्ट्र बैंक बाट जारी मौद्रिक नीतिले बैंकिङ क्षेत्र तथा निजी क्षेत्रलाई राहत दिन सकेको धारणा व्यक्त गरे ।

https://www.bizkhabar.com/economy-news-in-nepal/84738.html