विफिन तेस्रो बर्षमा प्रवेश, दक्ष जनशक्ति उत्पादनमा वक्ताहरुको जोड

विफिन तेस्रो बर्षमा प्रवेश, दक्ष जनशक्ति उत्पादनमा वक्ताहरुको जोड 2020-08-14
 

 

फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल लिमिटेड (बिफिन)ले यही हिजो शुक्रबार आफ्नो स्थापनाको दोस्रो बर्ष सफलताका साथ पार गरी तेस्रो बर्षमा प्रवेश गरेकोे छ ।

उक्त विशेष अवसरमा जुम मार्फत COVID 19 AND NEW NORMAL: HOW WE CAN MANAGE OUR BUSINESS को विमोचन गरिएको छ । साथै æCOVID 19 AND NEW NORMAL: HOW WE CAN MANAGE OUR BUSINESSÆ बिषयक अनलाईन सेमिनारको समेत आयोजना गरिएको छ ।

 

उक्त कार्यक्रम नेपाल राष्ट्र बैंंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बिशेष अतिथिको रुपमा बंगलादेश बैंकका पूर्वगभर्नर डा. अतिउर रहमान रहनुभएको थियो ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहनुभएका नेपाल राष्ट्र बैंंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले COVID 19 AND NEW NORMAL: HOW WE CAN MANAGE OUR BUSINESS को विमोचन गर्नुभयो ।

तत्पश्चात् आफ्नो मन्तव्य राख्नुहुँदै हाल नेपालको बैंकिङ तथा वित्तीय क्षेत्रमा समावेशीकरण, भुक्तानी प्रणालीको सुदृढीकरण, बैंक तथा वित्तीय संस्थाको एक आपसमा एकीकरण गर्ने र यस महामारीको परिस्थितिमा प्रबिधिको प्रयोगबाट बैंक संचालन गराउने बिषयहरुमा तालिम कार्यक्रमहरु संचालन गर्नुपर्ने आवश्यकता रहेकोे बताउनुभयो ।

बैंक तथा वित्तीय संस्थाका जनशक्तिलाई सीपमुलक कार्यक्रम संचालन गर्नमा बिफिन सफल हुनेमा आफू विश्वस्त रहेको व्यक्त गर्दै छोटो अवधिमा उल्लेखनीय प्रगति गरेकोमा सराहना गर्दै भविष्यमा ग्लोबल इन्ष्टिच्यूटको रुपमा स्थापित हुन सफल भई राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रमहरु नेपालमा संचालन गर्न सफल रहोस् भनि शुभकामना समेत व्यक्त गर्नुभयो ।

उक्त समारोहको बिशेष अतिथिको रुपमा रहनु भएका बंगलादेश बैंकका पूर्व गभर्नर डा. अतिउर रहमानले बिफिनले छोटो अवधिमा उत्कृष्ट कार्य गरेकोमा सराहना गर्नुभयो ।

अहिले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को कारणबाट विश्वको अर्थतन्त्र नै अस्तव्यस्त अवस्थामा रहेको भएपनि यसले नयाँ अवसरहरु समेत सृजना हुने हुँदा ती अवसरहरु पत्ता लगाई काम गर्न सकेमा मात्र अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउन सकिने बताउनुभयो ।

साथै, उहाँले सबै राष्ट्रहरुले अबका दिनमा जनशक्ति विकास गर्नुपर्ने, जनशक्ति विकासका लागि लगानी गर्नुपर्ने, भैरहेको जनशक्तिलाई प्रबिधिमैत्री बनाउनुपर्ने, ग्रीन फाइनान्सिङ्गलाई प्रवर्द्धन गर्नुपर्ने, वातावरणलाई प्रदुषित गर्ने खालका परियोजनाहरुमा लगानी नियन्त्रण गर्नुपर्ने र प्रबिधिको विकासको माध्यमबाट सरकारी संयन्त्रहरु संचालन गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

 

यसैगरि कार्यक्रममा वक्ताको रुपमा रहनुभएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले धितोपत्र बजारका लागि वित्तीय साक्षरता अत्यन्तै आवश्यक भएकोहुदाँ बिफिनले समन्वयात्मक रुपमा धितोपत्र बजारको सुदृढीकरण गर्नमा अहम भुमिका निर्वाह गर्ने धारणा राख्दै आगामी दिनहरु सफल रहुन् भनि शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा वक्ताको रुपमा रहनुभएका बिमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईले बिफिनले छोटो अवधिमा गरेको प्रगतीको सराहना गर्दै बिमा क्षेत्रमा आवश्यक देखिएको वित्तीय साक्षरता कार्यक्रम बिमा क्षेत्रको जनशक्ति विकासको लागि स्थापना भएको इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल संग सहकार्य गरि बिमा क्षेत्रको विकासमा समेत योगदान पुर्याउने कुरामा बिफिन सफल रहोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा वक्ताको रुपमा रहनुभएका सि.पि.एस.सी, फिलिपिन्सका महानिर्देशक डा.रामहरि लामिछानेज्यूले जनशक्ति विकास नै संस्थाको लागि अत्यन्त महत्वपुर्ण भएको हुँदा तालिम तथा सीप अभिवृद्धि कार्यक्रम संचालन गरी संस्थाको लक्ष्य प्राप्ती गर्नमा कर्मचारीलाई उत्तरदायी बनाउने काममा बिफिनले सहयोग पुर्याएको हुँदा हाल सम्म गरेको कार्यहरुको प्रशंसा गर्दै भविष्यमा समेत सफलहुनेमा विश्वास व्यक्त गर्नुभयो । बिफिन र सि.पि.एस.सी बिच आपसी समझदारी भएपश्चात् संयुक्त रुपमा विभिन्न तालिम कार्यक्रमहरु संचालन गरिएको स्मरण गर्दै भविष्यमा समेत सि.पि.एस.सी.ले सहयोग प्रदान गर्ने वचनबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा वक्ताको रुपमा रहनुभएका बंगलादेश इन्टिच्यूट अफ बैंक म्यानेजमेण्टका प्राध्यापक डा. शाह एमडी. हसनहविवले छोटो समयमा नै बिफिनले ख्यातीप्राप्त संस्थाहरुसँग रणनीतिक साझेदारी कायम गरी विभिन्न कार्यक्रमहरु संचालन गर्नमा सफल भएकोमा खुशी व्यक्त गर्दै भविष्यमा बंगलादेश इन्टिच्यूट अफ बैंक म्यानेजमेण्ट र बिफिनको सहकार्यमा विभिन्न कार्यक्रमहरु गरिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा वक्ताको रुपमा रहनुभएका नेपाल बैंकर्स एशोसियसनका अध्यक्ष भुवनकुमार दाहालले नेपालको वित्तीय क्षेत्रमा बिफिनले पुर्याएको योगदानको प्रशंसा गर्दै नेपालको बैंकिङ्ग क्षेत्र सबल रहेको, तरलताको समस्या नरहेको, बिप्रेषणको प्रभाव सन्तोषजनक अवस्थामा नै रहेको र नेपाल राष्ट्र बैंकबाट जारी मौद्रिक नीतिले बैंकिङ्ग क्षेत्र तथा निजी क्षेत्रलाई राहत दिन सकेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा वक्ताको रुपमा रहनुभएका एफ.वान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले नेपालको बैंकिङ्ग क्षेत्रमा प्रबिधिको विकास तथा प्रयोग हुँदै आइरहेको भएतापनि अझ यसलाई परिस्कृत गर्दै लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो । साथै बिफिनले भविष्यमा अझै प्रगती गर्दै जाओस् भनी शुभकामना समेत व्यक्त गर्नुभयो ।

यस संस्थाको रणनीतिक साझेदारको रुपमा रहेको बिमटेक इण्डियाका सहप्राध्यापक मनोजकुमार पाण्डेयले बिफिनले गरेका कार्यहरुको प्रशंसा गर्दै यस महामारीको समयमा इण्डियाको बिमा कम्पनीहरुले ९० प्रतिशत कार्य नविन प्रबिधिको प्रयोग गरि संचालन गर्न सफल भएको चर्चा गर्दै नेपालका बिमा कम्पनीहरुले पनि बर्तमान परिप्रेक्ष्यमा प्रबिधिको प्रयोग गरि संचालन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रमकाे सुरुवातमा संस्थाका प्रबन्ध निर्देशक डा.विनोद आत्रेयले स्वागत मन्तव्य राख्नुहुँदै बिफिनले हालसम्म ६५ भन्दा बढी तालिम कार्यक्रमहरु, ५ अन्तर्राष्ट्रिय सम्मेलन, ४५ प्रकारका कोर्षहरु संचालन गरी १८० संस्थाका २५०० भन्दा बढी कर्मचारीहरुलाई तालिमप्रदान गरिसकेको बताउनुभयो ।
विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनको समयमा उक्त महामारीले पारेको प्रभावले उत्पन्न परिस्थितिका विभिन्न बिषयलाई समेट्दै १० वटा भन्दा बढी बेबिनार सम्पन्न गर्न सफल रहेको समेत अवगत गराउनुभयो ।

आफ्नो स्थापनाको छोटो समयमा नै एशिया प्यासिफिक रुरल एण्ड एग्रिकल्चर एशोसियसन (एप्रका), बंगलादेश इन्टिच्यूट अफ बैंक म्यानेजमेण्ट (बि.आई.बि.एम.), कोलम्बो प्लान स्टाफ कलेज (सि.पि.एस.सी), बिरला इन्टिच्यूट अफम्यानेजमेण्ट टेक्नोलोजी (बिमटेक), केयर रेटिङ्गस् इण्डिया, इन्टिच्यूट अफ इन्क्लुसिभ फाइनान्स एण्ड डेभलपमेण्ट (आई.एन.एम), जवाहरलाल नेहरु इन्टिच्यूट अफ बैंकिङ्ग एण्ड फाइनान्स (जे.एन्.आई.बि.एफ), भिक्टोरिया विश्वविद्यालयसँग रणनीतीक साझेदारी गर्न सफल भएको समेत बताउनुभयो ।

जनशक्ति कुनै पनि संस्थाको लागि मेरुदण्ड भएको हुँदा निरन्तर उत्पे्ररणा तथा सिकाइ आवश्यक भैरहने र यस महामारीको परिस्थितिमा पनि यही कुरालाई ध्यानमा राख्दै अनलाईन मार्फत तालीम कार्यक्रम संचालन गर्ने, कन्सल्टिङ्गको कार्य गर्ने, अनलाईन लाईब्रेरीको विकास गर्ने, अन्तर्राष्ट्रिय तालीमप्रदान गर्ने संस्थाहरुसंगको समन्वयमा कोर्षहरु गराउने, बैंक तथा वित्तीय संस्थाका लागि रिक्रुटमेण्टको कार्य गर्ने, वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने, शैक्षिक कार्यक्रम संचालन गर्ने लक्ष्य रहेको समेत अवगत गराउनुभयो । नेपालको बैंक तथा वित्तीय क्षेत्रका जनशक्तिको ज्ञान, सिप, सिकाईको क्षेत्रमा निरन्तर कार्य गरि समग्र वित्तीय क्षेत्र बलियो बनाउने लक्ष्य लिइएको समेत जानकारी गराउनु भयो । अन्त्यमा कार्यक्रममा उपस्थित सम्पुर्णमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन समेत गर्नुभएको थियो ।

उक्त कार्यक्रमको संचालन निशु भगतले गर्नुभएको थियो ।

स्मरण रहाेस्, बिफिन इमर्जिङ्ग नेपाल लिमिटेड लगायत वाणिज्य बैंकहरु, विकास बैंकहरु, वित्त कम्पनीहरु, लघु वित्त संस्थाहरु र पूँजी बजारसँग सम्बन्धित संस्थाहरु गरी कुल १६ वटा संस्थाहरुबाट प्रबद्धित संस्था हो ।

बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित तालिम, गोष्ठी तथा सेमिनार आयोजना गरी कर्मचारीहरुको सिप, ज्ञान तथा दक्षता अभिवृद्धि गर्ने, वित्तीय क्षेत्रसँग सम्बन्धित बिषयमा अनुसन्धान गर्ने तथा परामर्श सेवा प्रदान गर्ने, राष्ट्रिय तथा अन्तराष्ट्रिय शैक्षिक संस्थाहरुसँग आवद्ध गरी विभिन्न किसिमका मान्यताप्राप्त शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने, बैंक तथा वित्तीय संस्थाहरुका सूचनाहरु एकिकृत गरी म्बतब द्यबलप को रुपमा राख्ने र वित्तीय क्षेत्रको विकासमा योगदान पुर्याउने यस संस्थाको मुख्य उद्देश्य रहेको छ ।

https://www.setoghar.com/archives/65623